बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

अयोध्या प्रकरणः पहिलो पटक नेपाल–भारतको जनस्तरमा अविश्वास

आइतबार, ०४ साउन २०७७, ०८ : ५९
आइतबार, ०४ साउन २०७७

काठमाडौं । नेपाल र भारत बीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा सामेल गरेपछि नेपालले भारतसामु असहमति जनाएको थियो । सीमा समस्या समाधानका लागि नेपालले वार्ताका लागि प्रस्ताव गरे पनि भारतले कोरोना संक्रमण साम्य भएपछि वार्तामा बस्ने भन्दै मामिलालाई पन्छाउने प्रयासमात्र गरेन, लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेर परिस्थितिलाई थप जटिल बनायो । त्यसपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भू–भागलाई समेटेर संशोधित नक्सा जारी गर्नुका साथै उक्त नक्सालाई संविधानकै अनुसूचीमा सामेल गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको हो ।

त्यसअघि नेपालमा संविधान जारी गर्दा भारतले केही असहमति प्रकट गरेको थियो । संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा भएको आन्दोलनलाई भारतले समर्थनमात्र जनाएन, नेपालमाथि नाकाबन्दीसमेत ग¥यो । त्यतिबेला पनि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।

ओलीले हिन्दू धर्मावलम्बीले भगवानको अवतार मान्दै आएका राम र उनको जन्मस्थानका बारेमा हालै प्रधानमन्त्री केपी शर्मा दिएको अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई थप असर गरेको छ । उनको अभिव्यक्तिले काठमाडौं र दिल्लीको कुटनीतिक सम्बन्धमा असर त परेकै छ, जनस्तरमा समेत नकारात्मक असर परेको देखिन्छ ।

ओलीका अभिव्यक्तिलाई लिएर दुवै मुलुकमा जनस्तरबाटै विरोध भइरहेको छ । भारतका विभिन्न ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिको विरोधमा नारा जुलुस भइरहेको छ । ओलीका अभिव्यक्तिले नेपालका पनि समर्थन र विरोध दुवै बटुलेको छ । कुनै ठाउँमा प्रधानमन्त्री ओलीको भनाइ ठिक हो भन्दै समर्थनमा जुलुस निस्केको छ भने कुनै ठाउँमा उनको भनाइ गलत रहेको भन्दै प्रदर्शन भइरहेको छ ।

यसबीच भारतको बनारसमा त्यहाँ रहेको नेपालीलाई स्थानीय हिन्दूवादी संस्थाका कार्यकर्ताले दुव्र्यवहार गरेको समाचार पनि बाहिर आयो । एकजना नेपालीको कपाल मुण्डन गरी त्यसमा जय श्रीराम लेख्न लगाएर प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउन लगाएको समाचारमा उल्लेख गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्तो व्यवहार गर्नेहरु समातिएका छन् र कपाल मुण्डन गरिएका ती व्यक्ति नेपाली नभएको पनि प्रहरीको भनाइ छ । यद्यपि, नेपाल र नेपालीविरुद्ध त्यस्ता दुर्व्यवहारको खतरा कायम छ ।


यसमा सबैभन्दा नकारात्मक भूमिका दुवै देशका सञ्चारमाध्यमले खेलेको उनको भनाइ छ । ‘भारतका जनता, धर्मिक गुरु र भारतीय सेना जहिले पनि नेपालको पक्षमा हुन्थे । तर राजनीतिक नेतृत्व र सञ्चारमाध्यमको भूमिकाका कारण यी तीनै पक्ष अहिले भड्किएको देखिन्छ,’ उनले भने ।


त्यसको एउटै कारण हो धार्मिक आस्था । भगवान श्रीरामप्रति आस्था राख्ने नेपाल–भारत दुवैतिरका जनतामाथिको आस्थामा प्रधानमन्त्रीका अभिव्यक्तिबाट प्रहार भएको विश्लेषण भइरहेको छ । प्रधानमन्त्री ओलीले भनेको कुरा कति सही, कति गलत हो, त्यो अध्ययन अनुसन्धानले नै पुष्टि गर्छ तर सदियौँदेखि मान्यता राख्दै आएको आस्थामाथि प्रहार भएको कारण जनस्तरमा यसको विरोध शुरु भएको देखिन्छ ।

विदेश मामिलाका जानकार अरुण सुवेदीले पहिलो पटक नेपाल र भारतबीच जनस्तरकै सम्बन्धमा असर परेको बताए । ‘भारतका जनता जहिले पनि नेपालप्रति सकारात्मक थिए, नेपाल भन्ने बित्तिकै सम्मानपूर्वक आस्थाका साथ टाउको निहिराउँथे,’ उनले भने, ‘तर अहिले त्यही जनता नेपाल र नेपालीविरुद्धमा बोल्न थालेका छन् ।’

यसमा सबैभन्दा नकारात्मक भूमिका दुवै देशका सञ्चारमाध्यमले खेलेको उनको भनाइ छ । ‘भारतका जनता, धर्मिक गुरु र भारतीय सेना जहिले पनि नेपालको पक्षमा हुन्थे । तर राजनीतिक नेतृत्व र सञ्चारमाध्यमको भूमिकाका कारण यी तीनै पक्ष अहिले भड्किएको देखिन्छ,’ उनले भने ।

उनले भारतको सत्ता पक्ष, त्यहाँका ब्युरोक्रेशी नेपालप्रति जति नकारात्मक भए पनि भारतीय जनता कहिल्यै पनि नकारात्मक नभएको उल्लेख गरे । तर प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले त्यसलाई गुमाएको उनको टिप्पणी छ । ‘भारतीय मिडियाले नेपाललाई पाकिस्तानको दर्जामा राखेर विश्लेषण गरिरहेका छन्, जसको असर त्यहाँको जनतामा भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा नेपाल र नेपालीप्रति जनआक्रोश बढ्दै गएको छ ।’


‘भारतको मिडिया र नेपालका नेताको अभिव्यक्तिले दुई देशको जनताबीचमा मनमुटाव शुरु भएको छ,’ उनले भने, ‘नेपाल भारतबीच जन–जन सम्बन्धमा विष कसले घोल्दैछ ? समान आस्था भएका समाज आपसमै किन लड्दैछन् ? यसका लागि राजनीतिक नेतृत्व र मिडिया कति दोषी छन् ? यसको बारेमा विश्लेषण हुनु आवश्यक छ ।’


नेपाल–भारत सम्बन्धको जानकार एवम् राजनीतिक विश्लेषक चन्द्रकिशोर नेपाल–भारतबीचको जनसम्बन्धमा विष घोल्ने काम कतिपय भारतीय मिडियाको प्रस्तुति र नेपालका केही नेताको अपरिपक्व बयानबाजीले गरेको बताउँछन् । दिल्ली–काठमाडौं बीच बेलाबखत उतार चढाव हुँदा पनि जन–जनको सम्बन्धमा यसअघि यसरी प्रदुषण नफैलिएको उनले बताए ।

‘भारतको मिडिया र नेपालका नेताको अभिव्यक्तिले दुई देशको जनताबीचमा मनमुटाव शुरु भएको छ,’ उनले भने, ‘नेपाल भारतबीच जन–जन सम्बन्धमा विष कसले घोल्दैछ ? समान आस्था भएका समाज आपसमै किन लड्दैछन् ? यसका लागि राजनीतिक नेतृत्व र मिडिया कति दोषी छन् ? यसको बारेमा विश्लेषण हुनु आवश्यक छ ।’

उनले भारतीय जनतामा नेपालको बारेमा नकारात्मक कुराले बास गरिरहेको उल्लेख गर्दै यो अवस्था  भविष्यका लागि राम्रो संकेत नरहेको बताए । ‘इस्लामावाद र दिल्लीको सम्बन्धले त्यहाँको जनता–जनता बीचको सम्बन्धलाई निर्धारण गर्छ, बेइजिङ र काठमाडौँबीचको सम्बन्धले त्यहाँको जनता–जनता बीचको सम्बन्धलाई निर्धारण गर्छ तर दिल्ली र काठमाडौँको सम्बन्धले दुई देश बीच जनताको सम्बन्धलाई निर्धारण गर्न सक्दैन,’ उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध आफ्नै खालको छ तर प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले पक्कै पनि त्यसमा असर पु-याएको छ ।’

संस्कृतिविद् एवं वरिष्ठ पत्रकार राम भरोस कापडी ‘भ्रमर’ ले पनि प्रधानमन्त्री ओलीको अयोध्यासम्बन्धी अभिव्यक्तिले नेपाल–भारत जनस्तरकै सम्बन्धमा असर परेको बताए । ‘पहिलादेखि नै दुई देशबीच विवाद धेरै अगाडि बढिसकेको थियो, यही अवस्थामा यो अयोध्या प्रकरण सामुन्ने आएको छ, त्यसले जनस्तरमै आक्रोश उत्पन्न गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले नेपाल–भारतबीच जनस्तरकै सम्बन्धमा चोट लागेको छ ।’

हजारौँ वर्षदेखि आस्थाको रुपमा मान्दै आइरहेको, आत्मामा बसाइसकेको कुरालाई कसैको अभिव्यक्तिका भरमा मनमष्तिष्कबाट हटाउन नसकिने उनले बताए । ‘अहिले आएर भारतका कतिपय विद्वान तथा मिडियाले जनकपुरलाई पनि नक्कली भन्न थालेका छन्, सीताको जन्म जनकपुरमा नभएर भारतको सीतामढीमा भएको हो भनेर त्यसका विभिन्न तथ्यहरु दिइरहेका छन्,’ उनले भने, ‘तर के त्यसलाई नेपाली जनताले स्वीकार गर्छन् ? हजारौँ वर्षदेखि मान्दै आएको आस्थालाई कुनै एउटा अभिव्यक्ति वा भनाइले हटाउन सकिँदैन ।’

यसअघि राज्यस्तरमा काठमाडौँ र दिल्लीबीचमा भएका धेरैजसो विवादसँग दुई देशका जनताले कुनै मतलब नराखी आ–आफ्नो सम्बन्धलाई कायमै राख्दै आएको उनले स्मरण गराए । तर पछिल्लो घटनाक्रमले त्यसमा असर पु-याएको उनको भनाइ छ । उनले यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्नेमा पनि जोड दिए ।


ओलीका अभिव्यक्तिकाबारे नेकपाका नेताहरुले पनि प्रतिक्रिया जनाइसकेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति आउनेबित्तिकै नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ, अप्रमाणित, पौराणिक र विवादस्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने’ प्रतिकृया दिएका थिए ।


नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्दा सात वर्षपछि मात्र नागरिकता पाउने प्रावधान सरकारले ल्याउन लागेको छ । उक्त प्रावधानलाई पनि दुवै देशको जनस्तरको समबन्धमा खासै ठूलो मुद्दा बनेन । नेपालमा खासगरि तराई मधेशमा त्यसको पार्टीगत आधारमा केही विरोध भयो । भारतमा त्यसको खासै मतलब भएको थिएन ।

यहाँसम्म कि प्रधानमन्त्री ओलीले भारतको राष्ट्रिय चिन्हको बारेमा दिएको अभिव्यक्तिले पनि जनस्तरमा त्यति असर गरेको थिएन । गत जेठ ६ गते संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री अ‍ोलीले भनेका थिए, ‘भारतको एउटा प्रतिक चिन्ह छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह । चारतिर फर्किएको सिंह भारतको प्रतिक चिह्न छ । त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ । सत्यमेव जयते भारतको चिन्हमुनि छ, विश्वास चाहिँ म गर्छु, म सोध्नेवाला छु भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते ?’

भारतको प्रतिक चिन्हमाथि ओलीको यसखालको टिप्पणीलाई भारतीय मिडियाहरूले निकै उचाले तर त्यसको असर जनस्तरमा परेन । लिपुलेक, कलापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा नेपालले जारी गरेपछि पनि भारतको जनताले खासै प्रतिक्रिया जनाएका थिएनन् । तर अयोध्याको बारेमा प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि जनस्तरमै हलचल ल्याइदिएको छ । ओलीले वर्षौं पुरानो आस्थामाथि धावा बोलेका कारण यसको असर जनस्तरमै परेको हो ।

ओलीका अभिव्यक्तिकाबारे नेकपाका नेताहरुले पनि प्रतिक्रिया जनाइसकेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति आउनेबित्तिकै नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ, अप्रमाणित, पौराणिक र विवादस्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने’ प्रतिकृया दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप