स्पेनमा पुनः बढ्यो संक्रमणको खतरा, लगाइए नयाँ प्रतिबन्ध
स्पेनको उत्तर–पूर्वी इलाका क्याटलोनियामा थुप्रै प्रतिबन्ध बीच एकपटक पुनः एक दिनमा हजार बढी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य विभागले यस हप्ता संक्रमितको संख्यामा भएको वृद्धिलाई रोक्ने कोसिस गरिरहेको छ । यसकारण बार्सिलोनामा ४० लाख व्यक्तिलाई १५ दिनसम्म घरमा बस्न आग्रह गरिएको छ ।
क्याटलोनिया स्पेनमा सबैभन्दा बढी कोरोना प्रभावित इलाकामा समावेश छ ।
उता स्पेनमा कोरोनाको बढ्दो संक्रमण देखिएपछि छिमेकी देश फ्रान्सले देशको सीमा बन्द गर्नेबारे एकपटक पुनः विचार गर्नुपर्ने बताएको छ ।
स्पेनमा हालसम्म २.६ लाख संक्रमित भेटिएको छ जसमध्ये २८ हजार ४ सय व्यक्तिको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा क्याटलोनयामा ११ सय २६ संक्रमित भेटिएका छन् । यीमध्ये ८ सय ९४ संक्रमित बार्सिलोनामा छन् । यहाँ नाइट क्लब र जम बन्द हुनुका साथै रेष्टुरेन्ट र बार आदिमा प्रतिबन्ध लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण