शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शीतल निवासबाट निस्किएलगत्तै प्रचण्डको प्रतिक्रिया- ‘अर्को फण्डा चलाइयो, कोही पनि तरङ्गित नहुनुहोला’

शनिबार, ०३ साउन २०७७, २२ : ५६
शनिबार, ०३ साउन २०७७

काठमाडौं । शनिबार बसेको नेकपा सचिवालय बैठकमा दुई अध्यक्षबीच कुनै पनि सहमति नभएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । शनिबार साँझ सचिवालयको तर्फबाट गंगा दाहालले कुराका जानकारी दिएकी हुन् । दाहालले सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपर्न आग्रह गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्– ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालय को बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि बिषयमा सहमति भएको छैन र सम्पुर्ण बिषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौं।’

उता, अध्यक्ष प्रचण्डले पनि शनिबार सहमति भएका हल्ला निराधार भएको बताएका छन् । रास्ट्रपति भवनबाट फर्केलगत्तै प्रचण्डले शनिबार कुनै सहमति नभएको प्रस्ट पारेका हुन् । अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै पत्रकार किशोर श्रेष्ठले भनेका छन्,‘केही पनि सहमति भएको छैन,कोही पनि तरङ्गित नहुनुहोला । साथीहरू बीचको सल्लाहबिना केही हुँदा पनि हुँदैन, तथाकथित सहमतिका नाममा अहिले बाहिर आएका सबै कुरा यसअघि अघिल्लो महिना भयो भनिएको पाँच बुँदे सहमतिजस्तै अर्को फण्डा हो, यसबाट कोही,कत्ति पनि तरङ्गित नहुनुहोला ।’ शनिबार बेलुका शीतलनिवासबाट निस्केपछि अध्यक्ष प्रचण्डले अरु नेताहरुलाई समेत यो कुरामा आश्वस्त हुन आग्रह गरेका छन् । 

उनलेभ भने, ‘के गर्दा ठीक होला भन्नेमा प्रधानमन्त्रीले आफ्नोतर्फबाट प्रस्ताव राख्नुभएको छ, यो सहमति भैसकेको बिषय होइन,उहाँको प्रस्ताव मात्रै हो, प्रस्तावलाई सहमति भनी प्रचार गरिनुको तुक छैन । अनि यस्ता प्रोपोगन्डाबाट तरङ्ग्गित हुने पनि काम छैन ।’ प्रचण्डले थप भने, ‘कम्तिमा उहाँ (प्रधानमन्त्री ओली)  छलफलमा आउन त तयार हुनुभयो, यो चाहिँ सकारात्मक पक्ष हो,अब उहाँका प्रस्तावलगायत विविध विकल्पउपर बहश शुरु हुन्छ र बल्ल निश्कर्षमा पुगिन्छ, हामी दुईजना मात्र बसेर कुरा टुङ्गिन्छ भन्ने कसैलाई नलागोस् ।’

अध्यक्ष प्रचण्डले थप स्पष्ट पार्दै भने, ‘आजको बैठक सकेर प्रधानमन्त्री निस्कनुभएको,आफू थप छलफलका निम्ति उहाँको निवासतिर गएको तर निवासमा नभेटिएपछि फोन गर्दा म शीतल निवास आएँ, तपाईं पनि यतै आउनोस् भनी बोलाइएकोले गएको तर बाहिर होहल्ला गरिए झैं त्यहाँ पनि कुनै सहमति भएको होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप