पार्टीभित्रको विवाद नमिलेपछि राष्ट्रपति भेट्न ओली र प्रचण्ड शीतल निवासमा
शनिबार, ०३ साउन २०७७, १९ : ५७
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको पछिल्लो विवादबारे सहमति नजुटेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् ।
शनिबार दिउँसो तीन बजेदेखि साझ सात बजेसम्म बसेको सचिवालय बैठकमा पनि सहमति हुन नसकेपछि अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् ।
नेकपामा सत्ता संघर्षको विवाद चरम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिरहेको छ ।
प्रधानमन्त्री ओली भने आफू दुबै पदबाट राजीनामा नदिने अडान राख्दै अएका छन् । उक्त विषयमा नेकपाभित्र देखिएको विवादले असार १० गतेबाट जारी स्थायी समिति बैठक १८ गतेयत बस्न सकेको छैन ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
