पार्टीभित्रको विवाद नमिलेपछि राष्ट्रपति भेट्न ओली र प्रचण्ड शीतल निवासमा
शनिबार, ०३ साउन २०७७, १९ : ५७

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको पछिल्लो विवादबारे सहमति नजुटेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् ।
शनिबार दिउँसो तीन बजेदेखि साझ सात बजेसम्म बसेको सचिवालय बैठकमा पनि सहमति हुन नसकेपछि अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् ।
नेकपामा सत्ता संघर्षको विवाद चरम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिरहेको छ ।
प्रधानमन्त्री ओली भने आफू दुबै पदबाट राजीनामा नदिने अडान राख्दै अएका छन् । उक्त विषयमा नेकपाभित्र देखिएको विवादले असार १० गतेबाट जारी स्थायी समिति बैठक १८ गतेयत बस्न सकेको छैन ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म