शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको अयोध्यामा राममन्दिर निर्माणबारे निर्णयका लागि बैठक बस्दै

शनिबार, ०३ साउन २०७७, १४ : ५५
शनिबार, ०३ साउन २०७७

एजेन्सी । भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि आज दिउँसो स्थानीय समयअनुसार ३ बजेटबाट रामजन्मभूमी तिर्थ क्षेत्र ट्रस्टको बैठक बस्दैछ । यस बैठकले मन्दिर निर्माणको शिलान्यासको तारिख घोषणा गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित अयोध्या  भ्रमणबारे पनि छलफल हुँदैछ । ट्रस्टका अध्यक्ष महन्थ नृत्यगोपाल दासले प्रधानमन्त्रीलाई अयोध्या आउन निमन्त्रणा दिइसकेका छन् । यस बैठकमा सहभागी हुन ट्रस्टका सदस्यहरु पनि अयोध्या पुगिसकेका छन् र सन्तहरुले चाँडैं राम मन्दिर निर्माणको शिलान्यासको पर्खाईमा आफुहरु रहेको जनाएका छन् । 

मणिराम छावनी मठका महन्थ कमल नयन दासका अनुसार मन्दिर निर्माण चाडैं सुरु हुँदैछ । सन्तहरुको माग प्रधानमन्त्रीले चाँडै यहाँ आएर मन्दिरको निर्माण सुरु गरिदिउन् भन्ने छ । उनी पहिल्यै आउने तय थियो, तर कोरोना संकटका कारण कार्यक्रम टर्यो । स्रोतकाअनुसार मोदी ३ या ५ अगस्टमा आउन सक्छन् । यद्यपि, अन्तिम तारिख तय हुनै बाँकी छ । 

रामलला मन्दिरका प्रधान पुजारी सत्येन्द्र दासले मन्दिरको निर्माण सुरु गर्न ट्रस्टको बैठकबाटै मोदी आउने कार्यक्रम तय गर्नुपर्ने बताए । त्यसैगरी बाबरी मस्जिदका पक्षधर रहेका इकबाल अन्सारीले अयोध्यामा मोदीको स्वागत गर्न चाहेको बताए । ‘मन्दिर निर्माणलाई लिएर सन्त समाजले जे चाहेको छ, त्यही म चाहन्छु । मोदीले नै मन्दिर निर्माणको शुभारम्भ गरुन्,’ अन्सारीले भने । उनका अनुसार सर्वोच्च अदालतले मस्जिद निर्माणका लागि ५ एकड भूमी मुस्लिम समाजलाई उपलब्ध गराएको छ, यसमा एक अस्पताल र विद्यालय निर्माण गरिने उनले बताएका छन् । 

यसअघि बिहीबार राति आरएसएसका सह–सर कार्यवहाक डाक्टर कृष्ण गोपाला अयोध्या पुगेका थिए, जहाँ उलने मन्दिर निर्माणसँग जोडिएको विषयमा सन्त र विश्व हिन्दू परिषद्का नेता, मन्दिर र ट्रस्टका पदाधिकारीहरुसँग कुराकानी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप