शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्यधिक कपाल झरिरहेको छ ? पेटसम्बन्धी स्वास्थ्य समस्या हुनसक्छ, खानुस् यी खानेकुरा

शनिबार, ०३ साउन २०७७, ११ : ५३
शनिबार, ०३ साउन २०७७

एजेन्सी – कपाल झर्दा जो कोहिलाई पनि चिन्ता लाग्न सक्छ । सुन्दरताका लागि स्वस्थ्य कपाल पनि कुन आवश्यक छ । यदि कपाल टुक्रिन वा झर्न थाल्यो भने स्वास्थ्य समस्या भएको हुनसक्छ । 

वास्तवमा स्वास्थ्य विशेषज्ञका अनुसार कपाल झर्ने समस्या खानेकुरा र जीवनशैलीसँग सम्बन्धित हुन्छ । यदि तपाईंको खाना स्वस्थ्य छ भने तपाईंको कपाल पनि स्वस्थ्य हुन्छ । 

पेटमा कुनै पनि समस्या छैन भने कपाल झर्ने समस्या पनि हुँदैन । हाम्रो शरीरको पूरासम्बन्ध पेटसँग हुन्छ । यदि शरीरको एक अंगमा समस्या छ भने त्यसको प्रत्यक्ष असर अर्को अंगमा पर्छ । त्यस्तै, पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण शरीरका पूरै अंगलाई असर पर्छ । 

पेटको स्वास्थ्य समस्याका कारण कपालमा पनि थुप्रै समस्या देखापर्छन् । अनुसन्धानका अनुसार एक स्वस्थ्य आन्द्राले अलग–अलग माइक्रोअर्गानिज्म (सुक्ष्मजीव) लाई स्वस्थ्य राख्छ । यसको असर शरीरिक प्रक्रियामा पर्छ । त्यस्ता प्रतिक्रियाका असर दिमागसँगै कपालमा पनि पर्छ । 

पेटसम्बन्धी स्वास्थ्य आन्द्रासँग सम्बन्धित हुन्छ । आन्द्रा सामान्य एलिमेन्टरी नली होइन, यो जटिल पारिस्थितिक तन्त्र पनि हो । आन्द्रालाई दोस्रो मस्तिष्क पनि भनिन्छ । आन्द्राको सम्बन्ध न्युट्रियन्स, हर्मोन र रोगप्रतिरोधसँग हुन्छ । र, यी सबैलाई एक ठाउँमा मिलाउने काम गर्छ । यसबाट स्पष्ट हुन्छ, यसको सम्बन्ध प्रत्यक्ष रुपमा कपाल झर्ने समस्यासँग हुन्छ । 

आन्द्रा र कपाल झर्ने समस्याको सम्बन्ध 
हाम्रो पेटमा हजारौं प्रजातिका ब्याक्टेरिया हुन्छ । जसले पाचन प्रक्रियामा सहायता पुर्याउँछ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्कको स्वास्थ्यलाई पनि नियन्त्रित गर्छ । यद्यपि, राम्रो ब्याक्टेरियाले माइक्रोबियल एन्जाइमलाई बढाउने काम गर्छ जसले सुक्ष्म पोषक तत्व पैदा गर्छ । यीनै तत्वहरुलाई शरीरका पूरा अंगले प्रयोग गर्ने गर्छ । खानामा भिटामिन के, भिटामिन १२, भिटामिन ३, फोलिक एसिड र बायोटिनलाई कपालसम्म पुर्याउने काम गर्छ । यसले नै कपालको स्वास्थ्यमा असर पुर्याउँछ । त्यसैले शरीरमा राम्रो ब्याक्टेरिया नभएमा कपाल कमजोर हुन्छ र झर्न सुरु हुन्छ । 

कपालमा हर्मोनको असर 
आन्द्राको माइक्रोबायोटाले शरीरको हर्मोन नियन्त्रित गर्छ । जसमा एस्ट्रोजन, थाइराइड हर्मोन र मेलाटोनिन समावेश हुन्छ । यसले आन्द्राको फ्लोरा हर्मोनलाई पनि नियन्त्रित गर्छ । जसले कपाल झर्न, बढाउन र नयाँ पलाउने जस्ता प्रक्रियालाई असर पुर्याउँछ । त्यसैले यदि कुनै हर्मोनमा परिवर्तन आएमा त्यसको प्रत्यक्ष असर कपालमा पर्छ । 

के खाने ? 
कपाललाई स्वस्थ र राम्रो बनाउनका लागि भिटामिन र माइक्रोन्युट्रिएन्टसयुक्त खाना खानुपर्छ । जसको लागि फलफूल, बदाम, हरिया सागसब्जी, माछा, दुब्लो मासु र अण्डा जस्ता खानेकुराहरु खाने गर्नुपर्छ । यसले पेट र कपाललाई स्वस्थ राख्छ । यसका साथै उच्च फाइबरयुक्त खाना खानुपर्छ । साथै, अर्गानिक र प्राकृतिक खानेकुरा खानुपर्छ । प्रोबायोटिकयुक्त खानेकुराहरु पनि खाने गर्नुपर्छ । यसले कपाल मात्र होइन पेटसँग सम्बन्धित समस्याहरुको समाधान गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप