मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किन दिइनन् रेखाले आफ्नो घर सेनिटाइज गर्ने अनुमति ?

शनिबार, ०३ साउन २०७७, ०९ : ५९
शनिबार, ०३ साउन २०७७

एजेन्सी – बलिउडकी अभिनेत्री रेखाको सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि उनको बंगला सील गरिएको छ । 

यसै सिलसिलामा रेखा पुनः एकपटक सञ्चार माध्यममा छाएकी छिन् । उनका सुरक्षा गार्डमा कोरोना पुष्टि भयो तर रेखालाई भाइरसको संक्रमण भएको हो वा होइन भन्ने विषयमा भने कुनै तथ्य बाहिर आएको छैन । 

घरमा कोरोना संक्रमित भेटिएपछि उनको घर बाहिर बीएमसीले कन्टेन्मेन्ट जोकको बोर्ड समेत लगाएको छ । 

रेखाले आफूलाई संक्रमण भए नभएको कुनै आधिकारिक जानकारी दिएकी छैनन् । यद्यपि, उनले कोरोना भाइरसको परीक्षण भने गराएको बताएकी छिन् । 

अभिनेत्री रेखाका म्यानेजरले बीएमसीलाई दुई दिनभित्र कोरोना परीक्षण गरे रिपोर्ट बीएमसीलाई पठाउने बताएका छन् । 

यसैबीच, सुरक्षा गार्डमा संक्रमण भेटिएपछि रेखाको घर सेनिटाइज गर्न बीएमसीका कर्मचारी गएका थिए । सात दिनसम्म लगातार ढोका ढक्ढक्याउँदा पनि गेट नखुलेपछि उनको घर सेनिटाइज गर्न समस्या भएको बीएमसीले जनाएको छ । भारतीय सञ्चार माध्यमहरुले रेखाको घर सेनिटाइज गर्ने काम भइसकेको समेत उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप