सिरहामा नेकपा नेतामाथि बम प्रहार
शनिबार, ०३ साउन २०७७, ०७ : ४०

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।
घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।
नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।
जिल्ला प्रहरी सिरहाका अनुसार बम बिस्पोट भएको घटनास्थलमा जिल्लाको टोली पुग्दै गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेल्टाभिगो र मलोर्का विजयी
-
नौ वर्षसम्म पनि भुरुङ्दीखोलामा बनेन मोटरेबल पुल
-
प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा
-
ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत