शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा नेकपा नेतामाथि बम प्रहार

शनिबार, ०३ साउन २०७७, ०७ : ४०
शनिबार, ०३ साउन २०७७

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।

घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले  र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।

जिल्ला प्रहरी सिरहाका अनुसार  बम बिस्पोट भएको घटनास्थलमा जिल्लाको टोली पुग्दै गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप