स्थानीय तहमा विकृतिका चाङ
काठमाडौं – संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहेका अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल भएका छन् ।
महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनको स्थानीय तहमा विकृति बढेको भन्दै त्यसलाई रोक्न आन्तरिक प्रणाली स्थापना गर्नुका साथै आन्तरिक लेखापरीक्षणका लागि स्वतन्त्र निकायको व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याएको छ ।
स्थानीय तहले लेखापरीक्षणमा ध्यान नदिँदासमेत अनियमित किसिमले खर्च गर्ने प्रवृत्ति बढेको महालेखापरीक्षकको प्रतिवेदनको निष्कर्ष छ ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार स्थानीय तहमा अनियमित किसिमले खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा बेरुजुमा समेत अस्वाभाविक वृद्धि हुँदै आएको छ ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार तुलनात्मक रुपमा सबैभन्दा घटी बेरुजु गण्डकी प्रदेशमा रहेका स्थानीय तहमा देखिएको छ ।
जुन प्रदेशमा स्थानीय तहको औषत बेरुजु ३.५२ प्रतिशत छ । यसैगरी सबैभन्दा बढी बेरुजु प्रदेश २ का स्थानीय तहमा देखिएको छ । जहाँ बेरुजु प्रतिशत ९ं२९ प्रतिशत छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म