कोरोनाको जोखिम न्यूनीकरणतर्फ : संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

काठमाडौं – कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।
पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।
यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ ।
कुल संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् । यस्तै ३३.८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन