बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानीको सुरुङमा इन्जिनियरको मृत्यु भएपछि जनकपुरमा खानेपानी मन्त्रीको पुत्ला दहन

शुक्रबार, ०२ साउन २०७७, १९ : ५४
शुक्रबार, ०२ साउन २०७७

जनकपुर । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् ।

शुक्रबार जनकपुरको भानु चोकमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा आबद्ध युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी लगाउँदै खानेपानी मन्त्री मगरको पुत्ला जलाएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृत्यु भएको थियो । सरकारको लापरवाहीका कारण उनको मृत्यु भएकाले आफूहरुले विभागीय मन्त्रीको पुत्ला जलाएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।

उनले मृतकको परिवारलाई क्षतिपूर्ती र न्यायाका लागि घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग समेत गरे । मेलम्चीको निर्माण कमसल र गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृत्यु भएको उनको भनाइ छ । 

मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २ मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो भने चालकको शव अझै बेपत्ता फेला परेको छैन । 

उनको शव मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुरुङ निरीक्षण गरेर फर्किने क्रममा सुरुङको १७ नम्बर गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले यस्तो कार्य भएको भन्दै उनी विरुद्ध समेत चर्को नारावाजी गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप