शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

शुक्रबार, ०२ साउन २०७७, १६ : ०२
शुक्रबार, ०२ साउन २०७७

एजेन्सी । पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।  अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।  देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप