मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ती बलिउड फिल्म जसले हल देख्नै पाएनन्, विषयवस्तुका कारण भयो प्रतिबन्ध

शुक्रबार, ०२ साउन २०७७, १३ : ३३
शुक्रबार, ०२ साउन २०७७

इरानका निर्देशक माजिद मजिदीको फिल्म मोहम्मदः द मेसेन्जर अफ गड चर्चामा छ । यो फिल्म सन् २०१५ मा रिलिज भएको थियो तर भारतमा यो प्रतिबन्ध गरिएको थियो । अब ओटीटी प्लेटफर्ममा यो फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको छ जसमा महाराष्ट्रका गृहमन्त्रीले यसले एक समुदायको भावना आहत हुनसक्ने बताएका छन् । तर भारतमा यसअघि पनि थुप्रै फिल्महरु प्रतिबन्ध लागेका छन् । यसबारे जानकारी लिऔं ।

१. अनफ्रिडमः

राज अमित कुमारले सन् २०१५ मा फिल्म अनफ्रिडमको निर्देशन गरेका थिए । यो फिल्ममा समलैङ्गिकताजस्ता मुद्दामा कुरा गरिएको थियो । फिल्मा आदिल हुसैन र विक्टर बनर्जी जस्ता कलाकारको महत्वपूर्ण भूमिका थियो । फिल्म आफ्नो बोल्ड विषयवस्तु र विवादित मुद्दाका कारण प्रतिबन्ध गरिएको थियो ।

२. पांचः

अनुराग कश्यपको पहिलो फिल्म सन् १९९९ मा बनेर तयार भएको थियो । यो फिल्ममा के के मेननले मुख्य भूमिका निभाएका थिए । फिल्म हिंसा, लागुऔषध र रक एण्ड रोल संस्कृतिले भरिपूर्ण थियो जसका कारण सेन्सर बोर्डले यो फिल्ममा प्रतिबन्ध लगायो । यद्यपि, यो फिल्मलाई थुप्रै मानिसहरुले डाउनलोड गरे भने थुप्रैले युट्युबमा हेरे । आज यो फिल्मलाई कल्ट क्लासिक फिल्मको सूचीमा राखिएको छ ।

३. ब्यान्डिट क्विनः

सन् १९९४ मा बनेर तयार भएको यो फिल्म फूलन देवीको जीवनमा आधारित थियो । यो फिल्म नग्न दृश्य र भाषाका कारण निकै विवादास्पद बनेको थियो । यो फिल्मको विषयवस्तुमा फूलन देवी आफैंले पनि प्रश्न उठाएकी थिइन् । यो फिल्मलाई शेखर कपुरले निर्देशन गरेका थिए र फिल्ममा तिग्मांशु धूलियाजस्ता निर्देशक पनि क्रुका सदस्य थिए । फिल्ममा मनोज बाजपेयीले पनि आफ्नो डेब्यू गरेका थिए । यो फिल्म भारतमा प्रतिबन्ध भएको थियो तर फिल्म कान्स फिल्म फेस्टिबल र एडिनबर्ग फिल्म फेस्टिबलमा रिलिज भएको थियो ।

४. उर्फ प्रोफेसरः

पंकज आडवाणीको ब्ल्याक कमेडी फिल्म उर्फ प्रोफेसर पनि आफ्नो बोल्ड दृश्य र भाषाका कारण सेन्सर बोर्डले प्रतिबन्ध गरेको थियो । यो फिल्ममा मनोज पाहवा, अन्तरा माली, शर्मनी जोशी र यशपाल शर्माजस्ता कलाकार देखिएका थिए ।

५. हवा आने देः

पार्थो सेनगुप्ताको फिल्म ‘हवा आने दे’ मा भारत र पाकिस्तानबीच बढ्दो तनावलाई देखाइएको थियो । सेन्सर बोर्डले यो फिल्मलाई यति धेरै काटेको थियो कि फिल्म २० मिनेटको मात्रै भएको थियो । तत्पश्चात्, फिल्मका निर्देशनले सेन्सर बोर्डको कुरा मानेनन् त्यसैले यो फिल्मले कहिले पनि हलको मुख देख्न पाएन ।

६. डेज्ड इन डूनः

देहरादूनको प्रतिष्ठित डून स्कूलमा एक विद्यार्थीको जीवन देखाउने यो फिल्म पनि प्रतिबन्ध गरिएको थियो । फिल्ममार्फत् स्कूलको प्रतिष्ठामा क्षती पुर्याउने कोसिस गरिएको भन्ने अधिकारीको बयान आएपछि फिल्ममा प्रतिबन्ध लागेको हो । यो फिल्मलाई अश्विन कुमारले निर्देशन गरेका थिए ।

७. इंशाल्लाह फुटबलः

सन् २०१० मा रिलिजका लागि तयार भएको यो कहानी एक युवा कश्मिरी फुटबलरको हो जो ब्राजिलमा गएर फुटबल खेल्न चाहन्छन् र आफ्नो पासपोर्टका लागि दुई वर्षको प्रतिक्षा गर्छन् । तर पिता पूर्व सेना भएका कारण उनले अत्यधिक समस्याको सामना गर्नुपर्ने हुन्छ । अश्विन कुमारको यो फिल्मलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो । त्यसपछि फिल्मका निर्देशकले यो फिल्मलाई गोप्य रुपमा मानिसहरुबीच स्क्रिनिङ गर्न सुरु गरेका थिए र पासवर्डले सुरक्षित गरिएको प्रिन्टसहित अनलाइनमा रिलिज गरेको थियो । एकातिर यो फिल्मलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो भने अर्को तर्फ सामाजिक विषयवस्तुमा उत्कृष्ट फिल्म बनाएकोमा यसले नेशनल अवार्डसमेत पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप