बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जुमलाई टक्कर दिन फेसबुकको नयाँ ‘फिचर’, कसरी गर्नेछ काम ?

शुक्रबार, ०२ साउन २०७७, १२ : ४४
शुक्रबार, ०२ साउन २०७७

फेसबुकले अब भिडियो कलिङ प्लेटफर्म जूमलाई टक्कर दिनका लागि नयाँ फिचर ल्याइरहेको छ । अब मेसेन्जरमा यस्तै एउटा सुविधा जोडिने भएको छ जुन भिडियो कलिङ प्लेटफर्मसँग मिल्दोजुल्दो छ ।

अब मेसेन्जरमा पनि भिडियो कलिङको क्रममा अब स्क्रिन सेयर गर्न पाइनेछ । यो सुविधालाई एन्ड्रोइड र आइओएसको म्यासेन्जर एपमा दिइनेछ । यसमार्फत् ग्रुप भिडियोमार्फत् वा वान अन वान भिडियो कलको क्रममा एक–अर्कासँग स्क्रिन सेयर गर्न सकिनेछ ।

स्मरण रहोस्, कोरोनाभाइरस महामारीपछि सुरु भएको लकडाउनपछि भिडियो कलिङ प्लेटफर्मको माग तीब्र रुपमा बढेको छ । यसै क्रममा फेसबुकले पनि मेसेन्जरको ग्रुप भिडियो कलिङ सर्भिस रुमको सुरुवात गरेको थियो ।

यो नयाँ स्क्रिन सेयरिङ फिचरलाई ८ व्यक्तिसँग गरिने भिडियो कलिङको क्रममा प्रयोग गर्न सकिनेछ ।

मेसेन्जरमा दिइएको स्क्रिन सेयर फिचरको कुरा गर्नुपर्दा यसमार्फत् तपाईं भिडियो कलिङमा भाग लिइरहेका मानिसहरुलाई आफ्नो स्मार्टफोनको स्क्रिन देखाउन सक्नुहुन्छ । उदाहरणको रुपमा यदि तपाईं कुनै भिडियो देखाइरहनुभएको छ वा कुनै प्रेजेन्टेशन छ भने तपाईं स्क्रिन सेयरिङमार्फत् ग्रुप कलिङमा जोडिएका मानिसहरुसँग सेयर गर्न सक्नुहुन्छ ।

स्क्रिन सेयरिङको यो नयाँ सुविधा मोबाइल एपमा मात्रै नभई मेसेन्जर रुम वेबमा पनि प्रयोग गर्न सकिनेछ । अर्थात् तपाईं आफ्नो कम्प्युटरको स्क्रिन पनि सेयर गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप