शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा २५ नयाँ संक्रमित थपिए

शुक्रबार, ०२ साउन २०७७, १२ : ४३
शुक्रबार, ०२ साउन २०७७

पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीको कुल संक्रमित संख्या १२५६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहूँ र नवलपुरमा गरि २५ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २५ नयाँ संक्रमितमध्ये तनहूँमा ७ र नवलपुरमा १८ जना छन् ।

शुक्रबार थपिएका संक्रमितमध्ये तनहूँको म्याग्देमा र भानु नगरपालिकामा २, २ जना । यसैगरि, ब्यासमा ३ जना पुरुष संक्रमित रहेका छन् । नवलपुरमा थपिएका संक्रमितमध्ये गैडाकोटमा १३ पुरुष र ५ महिला रहेका छन् । नवलपुरको रिपोर्ट हिजो अबेर प्राप्त भएको हुनाले शुक्रबार सार्वजनिक गरिएको निर्देशनालयले जनाएको छ ।

प्रदेश क्षय रोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थय प्रयोगशाला हेटौंडामा संक्रमितहरुको स्वाब जाँचिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप