शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

शुक्रबार, ०२ साउन २०७७, ११ : ०७
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मक लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सुर्य थापाले केहीबेर अघिमात्रै जानकारी गराएका छन् । 

११ बजेको स्थायी समितिका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए । 

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि समय अभाव भएपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थापाले जानकारी दिए । 

अहिले बालुवाटारमा ओली प्रचण्डबीच वार्ता जारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप