सुदूरपश्चिममा कोरोना जित्नेको संङ्ख्या बढ्यो, १ हजार ६५९ जना घर फर्किए

कैलाली – सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १ हजार ६५९ पुगेको छ ।
बिहिबार प्रदेशका केही अस्पतालबाट ५७ जना संक्रमित निको भएपछि घर जानेको संख्या १ हजार ६५९ पुगेको हो ।
टिकापुर ८ , कंचनपुर ४ र अछाम जिल्ला अस्पतालबाट ४५ गरी ५७ जना कोरोना संक्रमित निको भएर घर गएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
उनले बिहिबार मात्र सेतीप्रादेशिक धनगढी प्रयोगशालाबाट १४, डडेल्धुरा प्रयोगशालाबाट ८ गरी २२ जनामा कोरोना संक्रमण्म पुष्टि भएको बताए ।
काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार २०४ रहेको बताए । ८ जना संक्रमितको भने यसअघि नै मृत्यु भईसकेको उनले बताए ।
हालसम्म २८ हजार २२ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २४ हजार १५१ मा नेगेटिभ आएको उनले बताए ।
१ हजार ३८४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २० हजार १४१ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १६३ ,बाजुरा ४४६, डडेल्धुराका २८५, दार्चुलाका २०, डोटीका ५३५ , कैलालीका १०२४ र कंचनपुरका ४६१ गरि ३ हजार ८७१ रहेका छन् ।
जसमा महिला ९०१ र पुरुष २ हजार ९७० संक्रमित फेला परेका हुन् । क्वारेन्टिनमा ५हजार ४८ पुरुष र १ हजार ७५५ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ४९ गरी ६३जनाको उपचार भईरहेको छ । ६६३ जना भने सामान्य उपचार पछि निको भएर घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ३, टिकापुरमा १३, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३जना संक्रमितको उपचार भई रहेको छ । बाँकी को भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन