बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि
शुक्रबार, ०२ साउन २०७७, ०९ : १२
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् ।
यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीनतीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुईदुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा