नायिका ऋचा शर्माले भनिन्, ‘लड्न खोज्दा सम्हालिदिनुहोला, भूल गरे क्षमा गरिदिनुहोला’
नायिका ऋचा शर्माको आज अर्थात् साउन २ गते जन्मदिन हो । यस अवसरमा उनलाई फिल्मी क्षेत्रका थुप्रै व्यक्तित्व, शुभेच्छुक तथा प्रशंसकले शुभकामना दिएका छन् ।
ऋचाले पनि आफ्नो सामाजिक संजाल फेसबुकमार्फत् शुभकामना दिनेहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् ।
उनले शुक्रबार बिहान फेसबुकमा स्टेटस लेखेर सबैमा माया र साथमा आफू कृतज्ञ र ऋणाी भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘ जन्म र मृत्यु एउटा असीम सत्य। यो बीचको भावानात्मक सम्बन्धले जीवन रहुनजेल जिउन प्रेरित गर्छ। यस यात्रा बीच तपाईंहरु सम्पूर्णले दिनुभएको शुभेच्छा, आशिर्वाद, हौसला, सिक, प्रेरणा, सुझाव, मार्गदर्शन, माया र साथ प्रति प्रत्येक वर्ष झैं कृतज्ञ र ऋणी छु। अझै धेरै सिक्नु छ, सधै तपाईंहरुको विश्वास पाउनु छ। म लड्न खोज्दा यसरी नै सधै सम्हालिदिनुहोला, अल्मलिए बाटो देखाइदिनु होला, भूल गरे क्षमा गरिदिनुहोला, थोरै यसरी सँगै पीडा बाँडौ, थोरै खुलेर सँगै हाँसौ।
जन्मदिन को शुभकामना दिनु हुने सबै मा धेरै धन्यवाद ।’
ऋचालाई रातोपाटीको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान