शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, ०२ साउन २०७७, ०८ : ०१
शुक्रबार, ०२ साउन २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ। 

यसैगरी, हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । 
 
यस्तै, आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज रातिको मौसम देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना र गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप