शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै घरेलु मैदानमा पराजित भएपछि मेस्सीले भने, ‘यस्तै हो भने हामी नापोलीसँग पनि हार्ने छौँ’

शुक्रबार, ०२ साउन २०७७, ०७ : १८
शुक्रबार, ०२ साउन २०७७

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सन् २०१९–२० सिजनमा टोलीको प्रदर्शनको आलोचना गर्दै यसरी नै खेले च्याम्पियन्स लिगमा नापोलीसँग पनि पराजित हुने बताएका छन् ।

बिहीबार बार्सिलोनाले लिगको छैटौँ हार बेहोर्दा रियलले आफ्नो खेलमा जित हासिल गर्दै सन् २०१७ पछि को पहिलो लिग उपाधि जितेको थियो । क्वीके सेटिनको टोली भने आफ्नै घरेलु मैदानमा १० खेलाडीमा समिति ओसासुनासँग २–१ गोलअन्तरले पराजित भयो । जोसे अरिनाज र रोबर्टो टोरेजले मेस्सीको फ्रिकिकलाई ओझेलमा पारेका थिए । पराजयसँगै बार्सा अन्तिम खेलअघि रियललाई म्याड्रिडभन्दा ७ अंकले पछि परेको छ ।

खेलपछि मुभीस्टार प्लससँगको कुराकानीमा आफ्नो निराशा व्यक्त गर्दै बार्सिलोनाले नै आफ्नो चिरप्रतिद्वन्द्वीलाई उपाधि जित्न सहज बनाइदिएको मेस्सीले टिप्पणी गरे ।

६ पटकका बालोन डि ओर विजेताले यसरी नै खेलिरहे अर्को महिना अन्तिम १६ को खेलमा नापोलीलाई हराउनेमा पनि आशंका व्यक्ति गरे । बार्साले दोस्रो लेगमा लिस्बनमा खेलिने खेलमा नापोलीको सामना गर्नेछ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

‘हामी यसरी सिजन सक्न चाहँदैन थियौँ तर यसले हाम्रो सिजन कस्तो रह्यो भन्ने प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘हामी निकै कमजोरी टोली थियौँ र हामीले धेरै अंक गुमायौँ । आजको खेल यो सिजनको सारंश हो ।’

‘हामीले धेरै कुरा बदल्नुछ । नापोलीसँगको खेल नजिकै छ,’ उनले भने, ‘च्याम्पियन्स लिगका चार खेलबाट हामी यो सिजनलाई पुरै बदल्न सक्नेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप