बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तस्बिरमाः भीषण बाढीमा फसेको पूर्वी चीन

शुक्रबार, ०२ साउन २०७७, ०६ : ३८
शुक्रबार, ०२ साउन २०७७

पछिल्लो केही दिनदेखि मध्य र पूर्वी चिनियाँ इलाका भयंकर बाढीमा घेरिएको छ ।

चीनको सबैभन्दा ठूलो ताल पोयांगमा बनेका थुप्रै बाँध टुटेका छन् । चीनको नेशनल वेदर सेटलाइट सेन्टरको डाटा अनुसार तालको पानी रेकर्ड स्तरको पुगेको छ ।

यसै हप्ता अधिकारीले बताए अनुसार देशका ३३ नदीमा बाढी आएको छ । यस्तै याग्त्जी नदीको इलाकामा लगातार वर्षा भइरहेको छ ।

बुधबार जल संसाधन मन्त्रालयका अनुसार याग्त्जी नदीको मध्य र तल्लो इलाकामा डोंगटिंग र पोयांग नलीमा पानी क्रमशः कम भइरहेको छ  ।

बाढी नियन्त्रणका लागि जिम्मेवार मन्त्रालयका अनुसार देशभरी ९८ नदीको पानी अहिले पनि खतरनाक स्तरमा पुगेको छ । थुप्रै भवनलाई पानीले घेरिएको देख्न सकिन्छ ।

हालसम्म १४० व्यक्तिको मृत्यु भइसकेको छ र दसौं लाख व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याइसकिएको छ ।

लुशान शहरको तालको किनारा बाँध्न सैनिक पठाइएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप