शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सगुन र प्रभु म्यानेजमेन्टबीच सहकार्यको सम्झौता, अब एप्सबाटै पैसा ट्रान्फर गर्न सकिने

बिहीबार, ०१ साउन २०७७, २० : ३७
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपालको पहिलो सोसल मिडिया एप्स ‘सगुन’ ले प्रभु म्यानेजमेन्टसँग सहकाय सुरु गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सगुन र प्रभु म्यानेजमेन्टले सहकार्यको घोषण गरेका छन् ।

कम्पनी सहकार्यको घोषण गर्दै द्धय कम्पनीले एक अर्कोमा मिलेर अघि बढ्ने जनाएका छन् । सगुनले सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागी मात्रै नभई प्रयोगकार्ताहरुको ज्ञान र आम्दानी दुबैं वृद्धि गर्दै दैनिकलाई सहज बनाउन सुविधाहरु प्रदान गर्ने उद्देश्यले प्रभु म्यानेजमेन्टसँग सहकार्य गरेको बताएको छ ।

प्रभु म्यानेजमेन्टसँगको सहकार्यसँगै अब सगुनप्रयोगकर्ताहरुले सगुन एप्स मार्फत नै एनसेल, स्मार्ट सेल र एनटिसिको रिचार्ज कार्ड प्रयोग गर्न सक्छन् । भने अबको केहि समयपछि सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी,इन्टरनेट,टिभीको बिल समेत सोही एप्सबाट तिर्न सक्ने कम्पनीले बताएको छ । 

त्यस्तै,सुगन प्रयोगकर्ताहरुले एपबाटै पैसा पठाउने र पाउने रेमिट्यान्सको सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । 

सगुन–प्रभु म्यानेजमेन्ट सहकायमा बोल्दै नेपालका लागि सगुनका कन्ट्री म्यानेन्जर आनन्द्र बज्रचार्यले भने, ‘म प्रभु म्यानेजमेन्टमा बिजनेस डेभलपमेन्ट म्यानेजरको रुपमा २ वर्ष कार्यरत थिएँ, प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई वर्षौ देखि दिइरहेको सेवासुविधा तथा ग्राहकहरुप्रति कम्पनीको प्रतिवद्धता बारे म राम्रोसँग परिचित छु ।'

'त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुशी छु । यस सहकार्य मार्फत हाम्रो प्रयोगकर्ताहरुले अनेकौं सविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठूलो संख्याका प्रयोगकर्ताका बीचमा पु¥याउन सजिलो हुने कुरामा विश्वस्त छु,’ बज्रचार्यले भने ।

यता प्रभुको तर्फबाट बोल्दै प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले दु्ई संस्थाको साझेदारी निरन्तर रहने बताइन् । 

‘हामी सगुनसँग साझेदारी गर्न पाएकोमा निकै खुशी छौं ।’ अध्यक्ष लामाले भने, ‘सगुन एक नेपाली सोसल मिडिया एप भएकोमा हामीमा गर्व छ । सगुन र हामी बीचमा जुन सहकार्यको सुरुवात भएको छ यसमा हामी प्रभु समूहको रुपमा सगुनको वृद्धिका लागि पूर्ण रुपले साथ र सहयोग दिनेछौं । यस ऐतिहासिक यात्राको लागि आनन्द र सगुन टीमललाई शुभकामन दिन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप