बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधार : कोष

बिहीबार, ०१ साउन २०७७, २० : ०६
बिहीबार, ०१ साउन २०७७

पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गरे ।

नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागीपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको सदस्य–सचिव ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप