मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा भेटियो थप १४ जनामा कोरोना संक्रमण

बिहीबार, ०१ साउन २०७७, १९ : ५५
बिहीबार, ०१ साउन २०७७

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । 

विहीबार गरिएको परीक्षण बाट ६ महिला र ८ पुरुषमा कोरोना संक्रमण पष्टि भएको हो । खप्तड छान्ना ६ बझाङ्ग का ६० वर्षका १ महिला, गोदावरी कैलालीका ४६ वर्षका १ महिला, २८, ३४, वर्षका २ पुरुष, कैलालीको कैलारी ४ का  ३० वर्षका १ महिला र ११ वर्षका १ बालिकामा कोरोना संक्रमण फेल परेको हो । 

यस्तै ३५ वर्षका १ पुरुष र ८ वर्षका १ बालक, धनगढी उप महानगरपालिका १८ कैलालीका ३५ वर्षका १ महिला र १२ बर्षका १ बालक रहेका छन । बेदकोट कंचनपुरका २३ बर्षका १ महिला, ४० बर्षका १ पुरुष , टिकापुर १ कैलालीका ७५ बर्षका १ पुरुष, भिमदत्तनगर ४ कञ्चनपुरका ५६ बर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप