सुशान्तको पैसा रियाले चलाउँथिन्, बैंक खाताको छानविन हुँदै
![सुशान्तको पैसा रियाले चलाउँथिन्, बैंक खाताको छानविन हुँदै](https://rpcdn.ratopati.com/media/albums/sushant_1594886259_eyhDVqLMOu.jpg)
एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबारे एक महिनादेखि छानविन भइरहेको छ र ३५ भन्दा धेरै मानिसलाई यस क्रममा सोधपुछ गरिएको छ । तर आत्महत्याको कारण खुलेको छैन । मिडिया रिपोर्टस्का अनुसार प्रहरीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बैंक खाता जाँच गरिरहेको छ । टाइम्स नाउमा प्रकाशित रिपोर्टअनुसार सुशान्तकी बहिनी मितलाई पनि प्रहरीले सोधपुछका लागि बोलाउन सक्छ ।
प्रहरीले उनीसँग सुशान्तको निजी जीवन र रिया चक्रवर्तीसँगको सम्बन्धबारे जान्न चाहेको छ । सुशान्तको डिप्रेसनको उपचार गर्ने डाक्टरलाई पनि पुलिस स्टेशनमा सोधपुछका लागि बोलावट हुनसक्छ । त्यस्तै, सुशान्तका कुक निरजसँग पनि फेरि सोधपुछ हुनसक्छ । यसअघि प्रहरीले अनुसन्धानको सुरुवातमै उनलाई बयानका लागि बोलाएको थियो । स्रोतकाअनुसार प्रहरी यो जान्न चाहन्छ कि सुशान्तको आत्महत्याअघि उनको अपार्टमेन्टमा के भएको थियो ।
यता, यस घटनामा फिल्म मेकर करन जौहरसँग सोधपुछ हुने सम्भावना नरहेको पनि विभिन्न सञ्चारमाध्यममा आएका रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार पुलिसलाई यो प्रमाण मिलेको छ कि रिया चक्रावर्तीले सुशान्तको पैसा खर्च गर्ने गरेकी थिइन् । प्रहरी यो खोजीमा लागेको छकि उनले कति पैसा खर्च गरेकी थिइन् ।
त्यस्तै, अहिलेसम्म जति पनि मानिसहरुसँग सोधपुछ भयो, उनीहरुमध्ये कसैले पनि करन जौहरविरुद्ध उजूरी दिएका छैनन् । सुशान्तको मृत्युपछि करन लगातार सामाजिक सञ्जालमा निशानामा परेका छन् । उनीमाथि नेपोटिज्मलाई प्रबद्र्धन गरेको आरोप सामाजिक सञ्जालका प्रयोगकर्ताले लगाएका छन् । सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा गलामा पासो लगाएर आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
-
आफ्नै चिपसेट बनाउँदै ओपनएआई
-
एलिनाको डिभोर्सपछि रचनाले भनिन्– आई लभ यु मेरी दिदी !