सुशान्तको पैसा रियाले चलाउँथिन्, बैंक खाताको छानविन हुँदै
एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबारे एक महिनादेखि छानविन भइरहेको छ र ३५ भन्दा धेरै मानिसलाई यस क्रममा सोधपुछ गरिएको छ । तर आत्महत्याको कारण खुलेको छैन । मिडिया रिपोर्टस्का अनुसार प्रहरीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बैंक खाता जाँच गरिरहेको छ । टाइम्स नाउमा प्रकाशित रिपोर्टअनुसार सुशान्तकी बहिनी मितलाई पनि प्रहरीले सोधपुछका लागि बोलाउन सक्छ ।
प्रहरीले उनीसँग सुशान्तको निजी जीवन र रिया चक्रवर्तीसँगको सम्बन्धबारे जान्न चाहेको छ । सुशान्तको डिप्रेसनको उपचार गर्ने डाक्टरलाई पनि पुलिस स्टेशनमा सोधपुछका लागि बोलावट हुनसक्छ । त्यस्तै, सुशान्तका कुक निरजसँग पनि फेरि सोधपुछ हुनसक्छ । यसअघि प्रहरीले अनुसन्धानको सुरुवातमै उनलाई बयानका लागि बोलाएको थियो । स्रोतकाअनुसार प्रहरी यो जान्न चाहन्छ कि सुशान्तको आत्महत्याअघि उनको अपार्टमेन्टमा के भएको थियो ।
यता, यस घटनामा फिल्म मेकर करन जौहरसँग सोधपुछ हुने सम्भावना नरहेको पनि विभिन्न सञ्चारमाध्यममा आएका रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार पुलिसलाई यो प्रमाण मिलेको छ कि रिया चक्रावर्तीले सुशान्तको पैसा खर्च गर्ने गरेकी थिइन् । प्रहरी यो खोजीमा लागेको छकि उनले कति पैसा खर्च गरेकी थिइन् ।
त्यस्तै, अहिलेसम्म जति पनि मानिसहरुसँग सोधपुछ भयो, उनीहरुमध्ये कसैले पनि करन जौहरविरुद्ध उजूरी दिएका छैनन् । सुशान्तको मृत्युपछि करन लगातार सामाजिक सञ्जालमा निशानामा परेका छन् । उनीमाथि नेपोटिज्मलाई प्रबद्र्धन गरेको आरोप सामाजिक सञ्जालका प्रयोगकर्ताले लगाएका छन् । सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा गलामा पासो लगाएर आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण