शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँकेमा सलह  प्रवेश

बिहीबार, ०१ साउन २०७७, १८ : ५३
बिहीबार, ०१ साउन २०७७

बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ । 

बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पु¥याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ । भारतको श्रावस्ती जिल्लाबाट  प्रवेश गरेका करीब पाँच लाख  सलहले  बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत क्षति पु¥याएको बताइएको छ ।

 गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र  जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए ।  सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ । आज बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली  नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप