पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना
स्याङजा । यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय समितिको परिसरबाट आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो ।
जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पोखरा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रेलले पहिलो सेवाग्राही जिल्लाका स्थानीय व्यवसायी नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गरे ।
जिल्लाबासीको मागसँगै जिल्लामा करदाता धेरै रहेकाले जिल्ला सदरमुकामस्थित पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख कर्म लामाले बताए । जिल्लामा करीब १५ हजार करदाता रहेको कार्यालयले अनुमान गरेको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा