शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा १५ भारतीय नागरिकमा कोरोना भेटियो

बिहीबार, ०१ साउन २०७७, १७ : २६
बिहीबार, ०१ साउन २०७७

-रामहरि श्रेष्ठ

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काममा खटिएका १५ जना भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएकोे छ ।

 जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले जानकारी दिए । 

केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको तिवारीको भनाइ छ । उनीहरु सबैलाई आज नै कारोना अस्थायी अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप