शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा एमसीसीको विरोध गर्दै लुतो फ्याँकियो (फोटोफिचर)

बिहीबार, ०१ साउन २०७७, १७ : २४
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले मुलुकभित्र देखिएको विकृतिको विरोध गर्दै लुतो फ्याक्ने कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको माइतीघर लगायत देशका विभिन्न जिल्लामा सो अभियानले प्रदर्शन गरेको हो । साउन १ गते लुतो रोग फ्याक्ने मात्र नभई देशकै रोगका रुपमा देखिएका विभिन्न विकृतीरुपी लुतो फ्याक्ने भन्दै प्रदर्शनमा त्यसको विरोधमा थाल ठटाउँदै पुजापाठ र शंखघोष गरिएको थियो ।

प्रदर्शनमा अभियानको नेतृत्व गरिरहेका अधिवक्ता स्वागत नेपाल लगायतका वक्ताहरुले  नेपालको सिमाना मिचेर एमसीसीरुपी लुतो नेपाल छिर्न दिन नहुने भन्दै त्यसको चर्को विरोध गरेका थिए । लुतो फ्याक्ने कार्यक्रम वैदिक विधिपूर्वक पूजापाठ गरी सम्पन्न गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप