विधान र आचारसंहिता विपरित विभाग गठन गर्न थालिएको भन्दै पौडेल पक्षको आपत्ति
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विधान र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइहहेको भन्दै आपत्ति जनाएको छ । बिहीबार नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिलाई संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका हुन् ।
विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको पत्रमा उल्लेख छ ।
अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीतका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको पौडेल पक्षको आरोप छ ।
चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ ।
पार्टी विधानमा सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ ।
तर, सभापति शेरबहादुर देउवाले कार्यकाल सकिनै लाग्दा गत फागुन १६ र १९ गते केही विभागमा प्रमुख नियुक्ति गरेका थिए ।
पौडेल पक्षले विरोधका बीच एकलौटी रुपमा विभाग गठन गरेका थिए । अहिले विभाग प्रमुखहरुले सदस्यहरु नियुक्ति गर्न थालेपछि पौडेल पक्षले फेरि विरोध जनाएको छ ।
एउटा विभागमा ५० जना सदस्य राख्न पाउने व्यवस्था छ । यसले ठूलो संख्यामा कार्यकर्ता प्रभावित हुँदा महाधिवेशनमा प्रभाव गर्नभन्दै पौडेल पक्ष विरोधमा उत्रिएको हो ।
विधि पद्दति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरु अस्वीकार्य रहेको पौडेल पक्षको भनाइ छ ।
विधान एवं अचारसंहिता विपरीतका मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुलाई पौडेल पक्षले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण