विधान र आचारसंहिता विपरित विभाग गठन गर्न थालिएको भन्दै पौडेल पक्षको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विधान र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइहहेको भन्दै आपत्ति जनाएको छ । बिहीबार नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिलाई संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका हुन् ।
विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको पत्रमा उल्लेख छ ।
अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीतका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको पौडेल पक्षको आरोप छ ।
चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ ।
पार्टी विधानमा सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ ।
तर, सभापति शेरबहादुर देउवाले कार्यकाल सकिनै लाग्दा गत फागुन १६ र १९ गते केही विभागमा प्रमुख नियुक्ति गरेका थिए ।
पौडेल पक्षले विरोधका बीच एकलौटी रुपमा विभाग गठन गरेका थिए । अहिले विभाग प्रमुखहरुले सदस्यहरु नियुक्ति गर्न थालेपछि पौडेल पक्षले फेरि विरोध जनाएको छ ।
एउटा विभागमा ५० जना सदस्य राख्न पाउने व्यवस्था छ । यसले ठूलो संख्यामा कार्यकर्ता प्रभावित हुँदा महाधिवेशनमा प्रभाव गर्नभन्दै पौडेल पक्ष विरोधमा उत्रिएको हो ।
विधि पद्दति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरु अस्वीकार्य रहेको पौडेल पक्षको भनाइ छ ।
विधान एवं अचारसंहिता विपरीतका मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुलाई पौडेल पक्षले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
-
उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता