शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवैध मोबाइल कारोबारी विरुद्ध एम्पिया र वितरक संघ आक्रामक, कडा कारबाही गर्ने चेतावनी

बिहीबार, ०१ साउन २०७७, १६ : ५०
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । अवैध मोबाइल फोन कारोबारविरुद्ध मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन(एम्पिया) र नेपाल मोबाइल वितरक संघ कडा रुपमा प्रस्तुत भएको छ ।  मुलुकमा पछिल्ला दिनमा अवैध मोबाइल फोनको कारोबार बढेको भन्दै एम्पिया र वितरक संघ मोबाइल कारोबारी फर्म(पसल)हरु विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको हो । 

नेपालमा विभिन्न ब्राण्डका मोबाइल फोनका आयातकर्ताहको छाता संगठन ‘मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एम्पिया) र देशभित्रका विभित्र क्षेत्रमा मोबाइल फोनको बिक्री वितरण गर्दै आएका क्षेत्रीय वितरकहरुको छाता संगठन ‘नेपाल मोबाइल वितरक संघ’ ले बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै बिक्रेताहरुलाई सचेत रहन आग्रह गरेको छ ।

यदि त्यसो गरेको पाइएमा हदैसम्मको कारबाहीमा उत्रिने समेत यी दुई संगठनले चेतावनी दिएका छन् ।

श्रावण १ गतेदेखिनै लागू हुने गरी सहमति गरेका संघहरुले पहिलो पटक आफ्ना सदस्य बिक्रेताहरुलाई अवैध कारोबार नगर्न आग्रह गर्ने, दोस्रो पटक उक्त आग्रहको बर्खिलाफ हुने गरी पुनः कारोबार जारी राखे प्रमाणका आधारमा एक पटकलाई माफी दिने र उक्त विक्रेतालाई आफ्नो दायित्वप्रति सचेत गराउने तथा तेस्रो पटक समेत सोही कार्य जारी राखे त्यस्ता फर्म÷बिक्रेतालाई संघको सदस्यताबाट निस्कासन गर्ने र कालोसूचीमा राख्ने जनाएको छ । 

यस्तै सम्बन्धित सरकारी नियमक निकायलाई आवश्यक कानुनी कारबाहीका लागि सिफारिस समेत गर्ने विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप