उपत्यकामा ३ हजारमा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखियो, संक्रमण दर घट्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।
बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।
गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए । यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनकाे भनाइ छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।
थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालय प्रवक्ता गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेका छन् ।
बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण