बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’

बिहीबार, ०१ साउन २०७७, १५ : २२
बिहीबार, ०१ साउन २०७७

भारतमा कोभिड–१९ संक्रमणलाई लिएर भारतीय विज्ञान संस्थान (आईआईएससी) ले एक अनुमान लगाएको छ । 
यसअनुसार कोरोना नियन्त्रणको स्थिति अति राम्रो रहेको अवस्थामा पनि मार्च २०२१ सम्म संक्रमितको संख्या ३७ लाख ४ हजारसम्म पुग्ने सक्ने जोखिम छ । सबैभन्दा खराब अवस्थामा यस दौरान मार्चसम्म ६ करोड १८ लाख मानिस संक्रमित हुनेछन् । 

आईआईएससी मोडल संक्रामक रोगको गणितीय नमूनामा एक संकेत हो र यो देशको कोभिड–१९ तथ्याङ्क र यस वर्ष २३ मार्चदेखि १८ जुनबीच देखिएको कोरोना संक्रमणका घटनामा आधारित छ । यद्यपी, अहिले भारतमा कोभिड–१९ को अवस्था नियाल्दा यो अनुमान भविष्यमा फरक हुने सम्भावना पनि छ । 

यस मोडलको सबैभन्दा खराब परिदृश्य प्रक्षेपण मार्च २०२१ को अन्त्यसम्म पनि भारतमा कोभिड–१९ को संक्रमण चरममा नपुग्ने सम्भावना हो । अर्कातर्फ, राम्रो परिदृश्य भारतमा सेप्टेम्बरको दोस्रो साता या अक्टुबरसम्म कोभिड–१९ चरममा पुग्नेछ र त्यसपछि संक्रमण दर घट्नेछ भन्ने हो । 

नयाँ संक्रमणको दरमा कटौतीका लागि यस अध्ययनले हरेक हप्ता एक वा दुई दिनका लागि लकडाउन गर्नुपर्ने जोड दिएको छ । 

यस अध्ययनमा भनिएको छ कि हरेक हप्ता एक वा दुई दिनको लडडाउन र मानिसद्धारा सामाजिक दूरी पालना गर्ने कार्यले संक्रमणलाई धेरै हदसम्म कम गर्नसक्छ । 

यस अध्ययनले भारतको कोभीड–१९ रिकभरी (निको हुने) दरमा पनि निरन्तर भइरहेको सुधारलाई ध्यानमा राखेको छ र उचित स्वास्थ हेरचाह र समयमै क्वारेन्टाइनमा जानुपर्ने विषयमा पनि जोड दिएको छ ।

भ्याक्सिन नभएका कारण संक्रमण रोक्नका लागि  कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन र सामाजिक दूरी राम्रो विकल्प रहेको अध्ययनमा उल्लेख छ । 

भारतमा ९ लाख ६८ हजार ८ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये ६ लाख १२ हजार ८ सय १५ जना निको भइसकेका छन् भने ३ लाख ३१ हजार १ सय ४६ जनामा सक्रिय संक्रमण छ । अहिलेसम्म २४ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप