शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तकी प्रेमिकालाई बलात्कार र हत्याको धम्की, पोस्ट गरिन् स्क्रिनसट

बिहीबार, ०१ साउन २०७७, १४ : ४२
बिहीबार, ०१ साउन २०७७

सुशान्त सिंहको मृत्युपछि उनकी प्रेमिका रियाा चक्रवर्तीले विभिन्न प्रकारको गाली र धम्की पाइरहेकी छिन् । रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।

मलाई हत्यारा भनियो तर पनि म चुप बसेँः

रियाले स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो... म चुप बसेँ । मलाई हत्यारा भनियो... म चुप बसेँ... मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ । तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महसुस भएको छ ? यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’

 रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारवाही गर्नका लागि पनि आग्रह गरेकी छिन् ।

सुशान्तको आत्महत्याको विषयमा रियासँग प्रहरीले ११ घण्टासम्म सोधपुछ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप