सुशान्तकी प्रेमिकालाई बलात्कार र हत्याको धम्की, पोस्ट गरिन् स्क्रिनसट
सुशान्त सिंहको मृत्युपछि उनकी प्रेमिका रियाा चक्रवर्तीले विभिन्न प्रकारको गाली र धम्की पाइरहेकी छिन् । रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।
मलाई हत्यारा भनियो तर पनि म चुप बसेँः
रियाले स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो... म चुप बसेँ । मलाई हत्यारा भनियो... म चुप बसेँ... मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ । तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महसुस भएको छ ? यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’
रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारवाही गर्नका लागि पनि आग्रह गरेकी छिन् ।
सुशान्तको आत्महत्याको विषयमा रियासँग प्रहरीले ११ घण्टासम्म सोधपुछ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण