शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको कार्यबाहक सिईओमा प्रसाईं‌ नियुक्त

बिहीबार, ०१ साउन २०७७, १४ : ३३
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीले साउन १ गतेबाट लागू हुनेगरी प्रसाईंलाई कार्यवाहक सिईओको जिम्मेवारी दिएको हो । 

यसअघिका प्रमुख कार्यकारी अधिकृत रहेका विवेक झाको कार्यकाल सकिएसँगै सोही कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई कम्पनीले कार्यवाहक सिईओको जिम्मेवारी दिएको हो ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईंलाई कार्यवाहक सिइओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्ष लामो अनुभव बटुलिसकेका प्रसाईँ विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहँदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप