प्रदेश सरकारद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
बिहीबार, ०१ साउन २०७७, १३ : १२
धनुषा । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद्जन्य घटना न्यूनीकरण र विपद् कार्यलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयलाई विपद् उद्धार सामग्री प्रदान गरेको छ ।
ती सामग्रीमा डुङ्गा चार, हेलमेट ३२, लाइफ ज्याकेट ३२, क्यारी ब्याग चार थान, ह्याण्ड पम्प, डुङ्गा खियाउने बहना ३६ तथा डोरी आठवटा लगायतका सामग्री रहेका छन् ।
आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई उक्त सामग्री बुधबार हस्तान्तरण गरे । सो अवसरमा मन्त्री यादवले विपद्का घटनाबाट मानवीय र जनधनको क्षति न्यूनीकरण गर्न यी सामग्री सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ