केन्द्रीय संस्करण

फुल्पिङकट्टी पहिरोः २ जनाको मृत्युः तीन बेपत्ता (अपडेट)

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका २ जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन् । बेपत्ता भएका चौरासी वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन् । उनकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन् । ग्याल्जेन भने काठमाडौंमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए । पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ ।

आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.