शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल कलेजमा तालाबन्दी

बिहीबार, ०१ साउन २०७७, १२ : १७
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ । 
    
 युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र  ताला लागाउन बाध्य भएको जनाएको छ ।
    
युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएका लिखित  सम्झौता अनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिए । उनले भने, ‘अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि  आन्दोलन गर्न बाध्य भएका हौँ ।  महामारीका समयमा रोजगारी खोसेको भन्दै छिटोभन्दा छिटो पुनःबहाली गर्नुपर्ने हाम्रो माग  छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप