प्रतिस्पर्धा नगरी यी निकायले गरे ७२ अर्ब १३ करोडको गैरकानुनी खरिद
प्रतिस्पर्धाबाटै खरिद गर्नुपर्ने नियमलाइ लत्याउँदै विभिन्न ३५ निकायले ठुलो रकमको खरिद बिना प्रतिस्पर्धा गरेको देखिएको छ । ती निकायले ७२ अर्ब १३ करोड ३१ लाख रुपैयाँको कार्य विना प्रतिस्पर्धा सोझै खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ (२) मा खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्राटुक्रा पारी खरिद कार्य गर्न नहुने व्यवस्था छ ।
तर सो व्यवस्था विपरित संघीय संसद सचिवालय, शहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी मन्त्रालय र सो अन्तर्गतका ३५ कार्यालयले संरचना निर्माण, मर्मत, मालसामान खरिद, सम्भाव्यता अध्ययन लगायतको कार्यलाई विभिन्न टुक्रामा विभाजन गरी ७२ अर्ब १३ करोड ७१ लाख रुपैयाँको कार्य प्रतिस्पर्धा बेगर सोझै खरिद गरेको हो ।
कानुन विपरित प्रतिस्पर्धालाई खुम्चयाएर खरिद कार्य गर्न नहुने महालेखाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण