बैंकका उच्च अधिकारीकै मिलेमतोमा कृत्रिम ऋणी खडा गरेर कर्जा दिने गरेको खुलासा

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी कृत्रिम ऋणी खडा गरी  कानूनको बर्खीलाप हुने गरी  कर्जा दिने गरेको खुलासा भएको छ । कतिपय वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वित्तीय संस्थाको व्यवस्थापनले कर्जाबाट व्यवसाय सञ्चालन हुने सुनिश्चितता नगरी र धितो जमानतको उचित प्रबन्ध नगरी गलत मूल्याङ्कन गरेर ऋणको अपचलन गर्ने गरेको पाइएको महालेखापरीक्षकले सार्वजनिक गरेको ५७ औ प्रतिवेदनमा उल्लेख छ । 

बैंकका उच्च व्यवस्थापनले कर्जाबाट व्यवसाय सञ्चालन हुने सुनिश्चितता नगरी तथा धितो जमानतको उचित प्रबन्ध नगरी गलत मूल्यांकनमा कर्जा प्रवाह गरेको देखिएको हो ।

 बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी आपसी मिलोमतोमा नै कृत्रिम ऋणी खडा गरी ऋण दिने गरेकाे पाइएको भन्दै महालेखा परीक्षकद्वारा जारी प्रतिवेदनमा भनिएको छ, ‘कतिपयमा व्यवस्थापकले प्रयोग गर्ने गरी कर्जा प्रवाह भएको देखिन्छ ।’

त्यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा समेत निक्षेपमा प्रचलित दरभन्दा बढीको ब्याज दिएका छन् । सार्वजनिक प्रतिवेदन अनुसार बैंकहरुले तोकिएको समयमा प्राप्त नभएको साँवा तथा ब्याज खराब ऋणीबाट रकम असुल गरेका छैनन् भने असल ऋणीलाई उचित समयको मौका नदिई तत्काल धितो बिक्री गरी ऋण असुल गरेको देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।