पहिरोले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि भेटिएनन्

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिरो ले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिरो ले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ ।
पहिरो ले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ ।
प्रहरी उपरीक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ । “बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौँ, तैपनि उनलाई फेला पार्न सकिएको छैन”, पौडेलले भने ।
पहिरो ले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो । बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिरो ले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा