शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

बिहीबार, ०१ साउन २०७७, ०९ : १५
बिहीबार, ०१ साउन २०७७

कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।
 
नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए । 

सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए । 

पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप