केन्द्रीय संस्करण

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको दोस्रो परीक्षण पनि पोजेटिभ

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको  छ । मंगलबार उनको दोस्रो पटक परीक्षण गरिएको थियो । ६५ वर्षका बोल्सोनारोले हालका लागि आफू ब्रासिलियास्थित आफ्नो घरमा क्वारेन्टिनमा बस्ने जानकारी दिँदै भिडियो कन्फरेन्सिङमार्फत् आफ्नो काम जारी राख्ने बताएका छन् ।

यसका साथै, हालसम्म संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ८ सय ५५ रहेको छ । यसमा ७९ लाख ५६ हजार ९ सय ८१ जना निको पनि भएका छन् । यस्तै। ५ लाख ८६ हजार ७ सय ७२ जनाको ज्यान गएको छ ।

यता इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले संक्रमण फैलिएका कारण हालसम्म १ सय ४० स्वास्थ्यकर्मीको मृत्यु भएको बताएका छन् । यहाँ ५ हजार डाक्टर तथा नर्स संक्रमित छन् । इरानमा हालसम्म २ लाख ६४ हजार ५ सय ६१ जना संक्रमित भेटिएका छन् भने १३ हजार ४ सय १० को मृत्यु भएको छ ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.