अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक
अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।
यो ह्याकिङ बिटकोइन स्क्याम हो ।
ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ ।
बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘सबैले मलाई समाजका लागि केही गर्न भनिरहेका छन्, अब त्यो समय आएको छ । तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’
टेस्लाका प्रमुख एलन मस्कको अकाउन्टमा गरिएको पोस्टमा भनिएको छ, ‘अबको एक घण्टाभित्र बिटकोइनमा पठाएको पैसा दोब्बर भएर फिर्ता हुनेछ ।’
बिटकोइनको अकाउन्टमा लिंकसहित ट्वीटमा लेखिएको छ, ‘म कोभिड–१९ महामारीका कारण दान गरिरहेको छु ।’
पोस्ट गरिएको केही मिनेट भित्र नै यो ट्वीट डिलिट भयो ।
अमेरिकाका चर्चित र्यापर कान्ये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडेनका साथै संसारका ठूलो कम्पनीमा संलग्न उबर र एप्पल अकाउन्ट पनि ह्याक भएको छ ।
केही बेरमा ह्याकरलाई सयौं मानिसहरुले एक लाख डलरभन्दा बढी पठाए ।
जुन अकाउन्टलाई निशाना बनाइयो त्यसमा दशौं हजार फलोअर्स छन् ।
ट्वीटरले आफूले यो घटनाको अनुसन्धान गरिरहेको र चाँडै नै बयान जारी गरिने जानकारी दिएको छ ।
We are aware of a security incident impacting accounts on Twitter. We are investigating and taking steps to fix it. We will update everyone shortly.
— Twitter Support (@TwitterSupport) July 15, 2020
अर्को एउटा ट्वीटमा घटनाबारे अनुसन्धान चलिरहेका बेला पासवर्ड रिसेट गर्न नसकिने र केही पनि ट्वीट गर्न नसकिने बताइएको छ ।
You may be unable to Tweet or reset your password while we review and address this incident.
— Twitter Support (@TwitterSupport) July 15, 2020
केही प्रयोगकर्ताले आफूले ट्वीट गर्न नपाएको बताएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई