शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको भय : बेलायतमा १० लाखले धूमपान त्यागे !

बिहीबार, ०१ साउन २०७७, ०० : २८
बिहीबार, ०१ साउन २०७७

कोरोनाभाइरसको कहर संसारभरि टाउको दुखाइको विषय बनेको छ । यसले गरेको आर्थिक, सामाजिक, स्वास्थ्य र मानसिक क्षति अकल्पनीय बनेको छ । तर यो दुःखद खबरबीच  बेलायतमा एउटा सुखद लाग्ने खबर पनि आएको छ । त्यो हो, कोरोना महामारकिा बचि बेलायतका १० लाख मानिसहरुले धूमपान परित्याग गरेका रहेछन् ।

वितेका चार महिनामा बेलायतका करिब १० लाख मानिसहरुले धु्रमपान परित्याग गरेको एक सर्वेले देखाएको छ । त्यसरी धूमपान परित्याग गर्नेहरुमा पुराना धूमपानकर्ताहरुभन्दा युवाहरुको संख्या बढी छ ।

त्यसबाहेक, थप करिब ४४ हजार मानिसहरुले त्यस दौरानमा धूमपान परित्याग गर्ने कोशिश गरेका थिए ।

एक्सन अन स्मोकिङ एण्ड हेल्थ (एएसएच) र युनिभर्सिटी कलेज लण्डनले गरेको विश्लेषणमा उक्त कुरा पत्ता लागेको हो ।

खासगरी, बुढाखाडाहरुलाई महामारीलाई धूमपान परित्याग गर्ने अवसरको रुपमा उपयोग गर्न आव्हान गरिएको थियो । त्यसो गरिनुको कारण चाहिँ कोभिड–१९ ले तुलनात्मक रुपमा बेसी उमेरका मानिसहरुलाई संक्रमण गर्ने सम्भावना बढी हुनु पनि हो । तर विश्लेषणमा ५० वर्षभन्दा माथि उमेर समुहकाले भनदा १६–२९ उमेर समूहका युवाहरुमा त्यस समयावधिका दौरानमा दोब्बर दरले धूमपान परित्याग गरेको देखियो ।

बेलायती सरकारले धूमपानका अम्मलीहरुमा कोभिड–१९ सँग सम्बद्ध लक्षणहरु बढी देखिने सल्लाह दिएका थिए । तर अझै पनि कोरानोभाइरसको संक्रमण धूमपान गर्ने र नगर्नेहरुमा के कति फरक ढंगले हुने गर्छ भनेर विज्ञानले निष्कर्ष पेश गर्न भने सकेको छैन ।

त्यसो त कोरोनालाई एकछिन पन्छाउने हो भने पनि धूमपान पन्छाउन सकिने थुप्रै रोगहरुका माउ हो । यसले क्यान्सर, मुटु र फोक्सोका रोगहरु गराउने गर्छ । एएसएचका अनुसार कोभिड–१९ का संक्रमितहरुमध्ये पनि धूमपान गर्नेहरुमा बढी गम्भीर असर हुने गरेको पाइन्छ ।

गत वर्ष मात्रै बेलायतमा १८ वर्ष वा सोभन्दा माथि उमेरका करिब ७२ लाख मानिसहरुले धूमपान गर्ने गरेको तथ्यांक छ ।

स्मरण रहोस्, कोरोनामहामारीले सबैभन्दा बढी प्रभावित मुलुकमा बेलायत पनि पर्छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म बेलायतमा २ लाख ९३ हजार ४ सय ६० जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४५ हजार १ सय ३८ जना जनाको निधन पनि भइसकेको छ । यो भनेको बेलायत सबैभन्दा बढी संक्रमित हुने मुलुकमा नवौं नम्बरमा पर्दछ भने सबैभनदा बढी मृत्यु हुने मुलुकहरुमा तेस्रो ।

Title photo: https://i0.wp.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप