हवाई शुल्क तोकिएभन्दा बढी लिए कार्बाही गर्छौं: नेपाली दूतावास, युएई
युएई । नेपाली दूतावास युएईले कोभिड–१९ का कारण समस्यामा परी बिभिन्न एयरलाइन्समार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिएभन्दा बढी हवाई भाडा लिइएको प्रमाण फेला परेमा कानूनी कारबाही गर्ने बताएको छ।
बुधबार एक सूचना जारी गर्दै दूतावासले चार्टर्ड उडानको टिकट किनबेचको क्रममा तोकिएको हवाई भाडादर भन्दा धेरै रकम लिएर टिकट किनबेच भएको भन्ने गुनासो दूतावासलाई प्राप्त भएको र त्यसमा दूतावासको ध्यानाकर्षण भएको बताएको हो।
सरकारले चार्टर्ड उडानका लागि नेपाल एयरलाइन्सको दुबईबाट काठमाडौंको लागि अमेरिकी डलर ३६० अर्थात (१३ सय २० दिराम),हिमालय एअरलाइन्सको ३८५ अमेरिकी डलर अर्थात (१४ सय २० दिराम) र अन्य एयरलाइन्सको हकमा सम्बन्धित एयरलाइन्सले तोकेअनुसार हवाईभाडा निर्धारण गरेको जनाउँदै युएईबाट नेपाल फर्किनुपर्नेहरुले टिकट लिनुअघि राम्रोसँग बुझेर सम्बन्धित एयरलाइन्सको आधिकारिक बिक्रेतासँग मात्रै हवाई टिकट खरिद गर्न दूतावासले सूचित गरेको छ।
कोरोना भाइरसको महामारीका कारण बिदेशमा अलपत्र परेर स्वदेश फर्किन लागेका नेपालीहरुसँग अनधिकृत रूपमा तोकिएको मूल्यभन्दा बढिमा टिकट बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने दूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
चार्टर्ड उडानमार्फत स्वदेश फर्किन लागेका नेपालीहरुलाई विभिन्न ट्राभल्स एजेन्सी र बिचौलियाहरुले तोकिएको मूल्यभन्दा धेरै रकम लिएर टिकट बिक्रि गरेको र कतिले दूतावासको एकीकृत नामावलीमा आफ्नो नाम हुँदा समेत नेपाल जान नपाएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित