ईरानमा फेरि अर्को रहस्यमय घटनाः एकैपटक ७ वटा जहाजमा आगलागी !

एजेन्सी । ईरानमा बुधबार एकैपटक ७ वटा जहाजमा आगलागी भएको छ । ईरानका सरकारी सञ्चारमाध्यामहरुका अनुसार दक्षिणी ईरानको बुशहर बन्दगाहमा रहेका ७ वटा जहाजमा एकैपटक आगलागी भएको हो ।
स्थानीय प्रकोप व्यवस्थापन संगठन प्रमुखकाअनुसार आगो नियन्त्रणमा लिइसकिएको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । एकैपटक ७ वटा जहाजमा कसरी आगलागी भयो भन्ने रहस्य खुलेको छैन । तर यसले ईरानमा पछिल्ला हप्ताहरुमा रहस्यमय घटनाहरु बढाएको बीबीसीले जनाएको छ ।
यसअघि रहस्यमय ढंगले ईरानका क्षेप्यास्त्र केन्द्र, पावर प्लान्ट, मेडिकल क्लििनिकहरु र आणविक केन्द्रमा पनि श्रृंखलाबद्ध बम विष्फोट र आगलागीका घटना भएका थिए । लगातारका यी घटनाले इरानमा केही आशंकाहरु जन्माएको छ । सोमबार उत्तरपूर्वी शहर माशद नजिकै रहेको एक औधोगिक केन्द्रमा आगलागी भएको थियो ।
ईरानी अधिकारीहरुका अनुसार आगालागीका कारण ६ वटा ग्यास ट्याङकर पड्किएका थिए । उक्त घटना भएको एकदिन अघिमात्र दक्षिण पश्चिम मशहर शहरको पेट्रो रासयनिक केन्द्रमा आगलागी भएको थियो । तर उक्त आगलागीलाई तेल चुहावटका कारण भएको भनिएको थियो । यता, शनिबार राजधानी तेहरानको दमकल विभागको एक भवनमा रहेका थुप्रै ग्यास सिलिण्डरहरु पड्किए । त्यसको कारण पनि रहस्यमै रहेको बताइन्छ ।
त्यस्तै जुलाई २ मा नतान्जको युरोनियम सम्बद्र्धन केन्द्र र २६ जुनमा खोजिर मिसाइल उत्पादन केन्द्रमा बम विष्फोट भएको थियो । ती घटनाहरुका बारेमा अनुसन्धान जारी रहेको ईरानी अधिकारीहरुले बताएका छन् । उनीहरुले त्यसमा चाहे विदेशी सेना वा घरेलु विपक्षी समूह, जसको संलग्नता भएपनि कार्वाही गरिने प्रतिबद्धता जनाएका छन् ।
यसअघि सन् २०१० मा संयुक्तराज्य अमेरिका र इजरायललाई उनीहरुले निर्माण गरेको कम्युप्टर भाइरसका कारण नातान्जको मेशिनरीमा हमला गरिएको आरोप लाग्दै आएको छ । श्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा