शाही र कार्की एआईजीमा बढुवा सिफारिस
बुधबार, ३१ असार २०७७, २१ : ०३

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुई प्रहरी नायव महानिरीक्षक )डीआईजी) बढुवा सिफारिस भएका छन् ।
डीआईजीद्वय निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की एआईजीमा बढुवा सिफारिस भएका हुन् ।
बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन् ।